आफू छोरी भएर जन्मनुमा गर्भ लाग्थ्यो
आफू नारी हुनुमा खुसी लाग्थ्यो
नारीलाई त ।
माँ दुर्गा, लक्ष्मीको रूप मानिन्छ रे
तर आज त्यही छोरीलाई गर्भमै मारिन्छ,
आज म नारी हुँदा खुसी हैन, पीडा छ मनमा
किन नारीको इज्जत छैन सम्मान छैन ?
बाटोमा चालेको हरेक पाइलामा
भइरहेकी छिन् अप्रमाणित र बलात्कृत,
विवाह पछि पराइको घरलाई आफ्नो मान्छिन्,
आफ्नो सम्झी दिन रात सेवा गर्छिन्
निस्वार्थ मनले सबैलाई खुसी पार्न लागि पर्छिन्
तर अन्त्यमा ती नारीले
तिरस्कार र यातना मात्र पाउँछिन् ,
कहिले विष खुवाएर मारिन्छ भने
कहिले पासो लगाएर मर्न बाध्य गरिन्छ
कहिले दाइजोका लागि मानिन्छिन् नारी
कहिले घरेलु हिंसाको सिकार बन्छिन् नारी,
के सधैँ यस्तै सातना हिंसा र दुर्व्यवहार सही रहने ?
कहिले हो यो नारी हिंसा रोकिने ?
कहिले हो हामी नारी
स्वतन्त्र भइ बाच्न पाउने ?
कहिले पाउला निर्मला पन्त जस्ता
अन्य बलात्कृत नारीलाई न्याय ?
कहिले लाग्ला यी सबै कुरामा विराम ?
कहिले त ?
कहिले लाग्ला यौन हिंसा,
दुर्व्यहार र विभिन्न यातनामा पूर्णविराम ?