हेटौंडाः मकवापनुरको हेटौंडा–६ को कांग्रेस सभापतिमा रामहरि तिमल्सिना दोहिरिएका छन् । आइतबार सहमतिमा वडा कमिटी चयन भएको हो । उपाध्यक्षमा केशव धिताल, ठाकुर चौलागाई, सचिवमा राजकुमार फुयाँल, कृष्ण प्रसाद दुलाल, सहचिवमा विक्रम दंगाल, रामजी घिमिरे चयन भएका छन् ।
खुल्ला प्रतिनिधिमा अर्जुन प्रसाद चौलागाई, होमनाथ गौतम, राजकुमार वास्ताकोटी, धु्रव अधिकारी, गोपाल प्रसाद दुलाल चयन भएको हो । आइतबार भएको वडा अधिवेशनले २७ सदस्यीय वडा कमिटि चयन गरेको छ । हेटौंडा–६ मा २२८ जना क्रियाशिल कांग्रेस सदस्य छन् । ७३ जनाले यो पटक नयाँ क्रियाशित सदस्यता पाएका थिए ।