हेटौंडाः मकवानपुरको बकैयाँ गाउँपालिकाको १२ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । बकैयाँ गाउँपालिकालको ७ नम्बर वडामा सभापतिको लागि मतदान भएको थियो भने अन्य सबै वडामा सर्वसम्मत वडा कमिटी चयन भएको कांग्रेस मकवानपुरका पार्टी प्रवक्ता प्रदीप कोइरालाले बताउनुभयो ।
७ नम्बर वडामा ४८ मतले राजन घिमिरेले सभापतिमा निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी ठाकुर प्रसाद बोलखेले २२ मत प्राप्त गर्नुभएको थियो ।

बकैया गाउँपालिकाको वडा नम्बर १ देखि १२ नम्बरसम्मका कांग्रेस सभापतिहरुको नामावली यस्तो छ ।

वडा नम्बर १– बुद्ध ब्राम्ह
वडा नम्बर २– चन्द्र बहादुर जिम्बा
वडा नम्बर ३– भक्त बहादुर भोलन
वडा नम्बर ४– सुनिल भोम्जन
वडा नम्बर ५– अमृत थिङ
वडा नम्बर ६– सुसान भ्लोन
वडा नम्बर ७– राजन घिमिरे
वडा नम्बर ८– इन्द्र बहादुर दोङ
वडा नम्बर ९– तिर्थ लाल लुङ्बा
वडा नम्बर १०– वुद्ध बहादुर वाइबा
वडा नम्बर ११– इन्द्र बहादुर स्याङतान
वडा नम्बर १२– चिन बहादुर रुम्बा