मकवानपुरको जिल्ला प्रशासन कार्यालय भवन ।

हेटौंडाः कोरोना संक्रमणका कारण गत बैशाख १९ गतेबाट मकवानपुरमा जारी निषेधाज्ञा ४ महिना बितिसक्दा पनि पुनः थप गरिएको छ । यही भदौ २० गतेसम्म रहेको निषेधाज्ञालाई जिल्ला प्रशासन कार्यालयले भदौ मसान्तसम्म थप गरेको छ ।

बिहिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई भदौ ३१ गतेसम्म थप गरेको हो । स्मार्ट लकडाउन कार्ययोजना अनुरुप जिल्लाका स्थानीय तहहरुमा संक्रमणको अवस्थाअनुसार निषेधाज्ञा जारी गरी कार्यान्वयन गरिने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बढी संक्रमणको जोखिम भएको स्थानमा निषेधाज्ञा कडा हुनेछ भने कम जोखिम भएका स्थानमा निषेधाज्ञा खुकुलो गरिने छ ।

प्रशासनले निषेधाज्ञा कार्यान्वयनको नियममा केही परिवर्तन समेत गरेको छ । बिहिबारको बैठकबाट जिल्लामा रहेका होटल तथा लजहरु बेड क्षमताको ५० प्रतिशतमा हुनेगरी संचालन गर्न पाइने भएको छ । यस्तै अन्य नियमहरु भने यथावत रुपमा कायम गरिएको छ ।