हेटौंडाः हेटौंडामा मोबाइल खाता एप्स बिहीबार सार्वजनिक गरिएको छ । मोबाइल एप्स निर्माण कम्पनि बेदान्त टेक्नोलोजी प्रालिका बोर्ड अफ डिरेक्टर भरत सापकोटाले व्यवसायीहरुले मोबाइलबाटै आफ्नो सम्पूर्ण कारोबारको दैनिकी राख्न सक्ने गरी मोबाइल खाता एप्स निर्माण गरेको बताउनुभयो ।
उहाँले अब डे बुक, लेजर लगायत कागजमा नभएर डिजिटल रुपमा सुरक्षित गरी मोबाइल खाता एप्समा राख्न सकिने बताउनुभयो । मोबाइल एप्स खाता प्लेस्टोरमा गएर डाउनलोड गर्न सकिनेछ । एप्स डाउनलोड गरेर १ महिनासम्म ट्रायल गर्न सक्ने तथा त्यसपछि वार्षिक ५ हजार रुपैया तिर्नुपर्ने सापकोटाले बताउनुभयो ।