भर्चुअल माध्यमबाट भएको साहित्य सङ्गम मकवानपुरको ३१० औँ नियमित साहित्य सन्ध्या कार्यक्रममा सहभागिहरु ।

हेटौंडाः साहित्य सङ्गम मकवानपुरको ३१० औँ नियमित साहित्य सन्ध्या कार्यक्रम शनिबार भएको छ । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलको सभाध्यक्षतामा भर्चुअल माध्यमबाट कार्यक्रम भएको हो ।

अध्यक्ष निखिलले साहित्य जगतबाट समाजमा भएको विकृति र विसङ्गति माथि निरन्तर बेचोड रुपमा प्रहार गरी समाज परिवर्तन तथा विकास अतुलनीय योगदान पुर्‍याउने बताउनुभयो । कार्यक्रममा सहभागी साहित्यकार तथा नवसर्जकहरुले गजल, कवितालगायतका रचनाहरु वाचन गर्नुभएको थियो । आँचल साहित्य कला पुञ्जीकी अध्यक्ष तथा साहित्य संगम मकवानपुरकी उपाध्यक्ष अनिता न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा साहित्यकार शम्भु प्रसाद बासकोटा, विष्णु गौतम, दिपक मुढावारी, रमेशमोहन अधिकारी, चिरञ्जीवी लामिछाने, देवराज तिवारी, मसान उपासक, सुभाष सजल, डिबी बर्ताैला लगायतको उपस्थिति रहेको थियो ।