हेटौंडाः मकवानपुरको हेटौंडाबाट काठमाडौँ जोड्ने छोटो दुरीको सडक भीमफेदी–कुलेखानी सडकखण्ड फेरी अवरुद्ध भएको छ । शुक्रबार रातिको बर्षाका कारण भिमफेदी–५ स्थित सडकखण्डमा पहिरो गएपछि शनिबार बिहान साँढे ४ बजेको समयदेखि सडकखण्ड फेरी अवरुद्ध भएको हो ।
सडकखण्डको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । शनिबार विहान ७ बजेको समयसम्म पहिरो हटाउने कार्य गर्न सकिएको छैन । पानी रोकपछि सडकखण्डमा पहिरो हटाउने काम थाल्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
शुक्रबार पनि सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको थियो । पानी रोकिएपछि जेसीभिले पहिरो हटाएपछि शुक्रबार दिउँसोदेखि नै सञ्चालनमा आएको थियो ।