हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको निजी सचिवमा नवराज पूडासैनी नियुक्त हुनुभएको छ ।
पूडासैनीले यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पनि सम्हालीसक्नुभएको छ । बागमती प्रदेशको भदौ २ गतेबाट मुख्यमन्त्रीको जिम्मेवारी अष्टलक्ष्मी शाक्यले सम्हाल्नुभएको हो ।