हेटौंडाः हेटौंडामा बुधबार ५६ जनाको स्वाब नमूना संकलन गरिएको छ । हेटौंडा–१० स्थित गोरक्षश्वर स्वाब नमुना संकलन केन्द्रबाट बुधबार ५६ जनाको स्वाब नमुना संकलन गरिएको होे ।
स्वाब संकलन गराउनेमा ३२ जना महिला र २४ जना पुरुष रहेका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईका अनुसार संकलन भएको स्वाब नमूना कोरोना परिक्षण गर्न हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको छ । उनीहरुको कोरोना रिपोर्ट बिहीबार दिउँसोसम्म आउने चौलागाईले बताउनुभयो ।