नामःसुजता खड्का क्याम्पसःमकवानपुर बहुमूखी क्याम्पस कक्षाः ११

कति गाह्रो छ यहाँ आफन्त पाउँन
जस्तै गाह्रो हुन्छ खान र लाउन्
कति टुहुराहरु खोज्छन् आफन्तको माया
कोही आयो कि दायाँ र बायाँ ।।

को हुन्छ ति टुहुराहरुलाई माया गर्ने
को हुन्छ तिनीहरुको हकको लागी लड्ने
दुःख र कष्टमा नै बित्छ तिनीहरुको जीवन
रुनुपर्छ जब हुननन् आफन्त र धन ।।

जसरी नी पापी पेट पाल्नै पर्छ
दुःख कष्टमा नै दुःखी गरिब मर्छ
हेर्दा हर्दै बित्छ सारा वर्ष
तर आउँदैन जीवनमा खशी र हर्ष ।।

एउटा सानो रोटीको टुक्राका लागी
घाम पानी नभनी हिँड्नु पर्छ मागी
कति रुदो हो त्यो गरिबको मन
नभनी किन ठूलो छ जीवन भन्दा धन ।।

कति बाँच्नु,लाचार भएर
के सपना साँच्नु दुःख सहेर
न समानता न त कोही दया
छैन अब संसारमा रह्यो ।।।