सानी थि ति नानी सानो उसको संसार
हाँसखेल गर्ने उमेरमा गरिदिए बलात्कार
मेरो गल्तिको मलाई आभाष भएन
ढुङ्गा रोयो तर यो मन रोएन ।।
नौँ महिना कोखमा राखी देखाई दियौँ संसार
हुर्कायौँ,बडायौँ आफ्नो रगत पसिना बगायौँ
अन्तिममा छाडी आयौँ वृद्धा आश्रम
ढुङ्गा रोयो तर यो मन रोएन ।।
शिथिल थियो जीवन उसको संघर्षको संसार
गई भेटी उसलाई भने मिलाई दिन्छु रोजगार
छलमा पारी बेचिदिए जहाँ कुनै आश थिएन
ढुङ्गा रोयो तर यो मन रोएन ।।
छोरा भए जन्म दिन्थे यो सानो लोकमा
तर छोरी पो रहेछ, थाहा पाए मारिदिए कोखमा
फेरी मेरो गल्तिको मलाई आभाष भएन
ढुङ्गा रोयो तर यो मन रोएन ।।
के यही नै हो समाप्त ? के यही नै हो नियम ?
यस्तो विकृति विसंगति हामीले कहाँबाट सिक्यौँ ?
र को बाट लियौँ ?