मैले चालेको हरेक पाइला
सम्झनामा छ मेरो गाउँ
मैले आँखा उघारेदेखि दे
खेकोत्यो निश्चल ठाँउ

ती नदिनालाका नागबेली चाल
अनिपहाडहरुका गम्भीर
साहसहरु, केवल स्मृतिमै
रुमलिएका तीबालपनका यादहरु
अझै याद छ मलाई

अझै याद छ मलाई
मेरो गाउँको त्यो पानीघट्ट
मेलाकाती मिठा पलहरु
कहिले पो फर्केलान् ररु

दुस्ख, सुखको बादल पन्छाउँदै
बितेका ती दिनहरु
टोपीले पसिना पुछ्दै
बाले तिरेका सारा रिनहरु
अझै याद छ मलाई

थाहा छैन कति छाक टारियो
कति दिनहरु अँधेरिए
मलाई याद छ त केवल
हाँसोले गुञ्जिने गरेको
त्यो ठूलो आँगन

मेरो गाउँको सुवासना
ती हरियाली दृश्य
अनि परिवारको मायाअझै याद छ मलाई