हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री अष्ठलक्ष्मी शाक्यले दुईजना मन्त्री नियुक्त गर्नुभएको छ । मुख्यमन्त्रीको सपथ लिनुभएलगत्तै शाक्यले केशव राज पाण्डे र कृष्ण खनाललाई मन्त्री नियुक्त गर्नुभएको हो ।
केशव राज पाण्डेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने कृष्ण खनालले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । बुधबार राती नै पाण्डे र खनालले सपथ ग्रहण गरिसक्नुभएको छ ।











