हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहीबार बिहान हेटौंडाको शहिद स्मारकको भ्रमण गर्नुभएको छ ।

उहाँले शहिद स्मारमा रहेको शहिदको शालिकमा माल्यार्पण गर्नुभएको हो । बुधबार राति मुख्यमन्त्री पदमा सपथ लिनुभएको शाक्यले गए राति नै पदभार ग्रहण गरी पहिलो मन्त्रिपरिष्दको बैठक समेत बसेको थियो ।