रेजा विष्ट,कक्षा ९,नवोदय शिशु सदन

फर्कँदै थिए, साँझ चराहरु
आ-आफ्नो बासस्थानमा
म त्यही बूढो बयरको तल बसेँ,
पर क्षितिजमा पुगिसकेको घामले
अझै तलतल पाइला सार्दै थियो

बिगतका ती दृश्य झलझली
छर्लङ्ग भए मेरो आँखासामु
आमाको त्यो दर्दनाक चिच्याइहरु
बाबाको अनुहार आँसुले धपक्क ढाकेको

केबल म सात वर्षकी थिएँ
अचानक आमाको तिखो
आवाज सुनेर हतार हतार
कोठाबाट बाहिर निस्कँदा,
पहिला त टुकीको मिरमिरे उज्यालोमा
देखेँ टलक्क टल्केको बाबाको आँसु
पर्यो मेरा ती नयन भुइँमा लडेर
छट्पटाइरहेकोआमाको शरीरमाथि

पुगिहाले थरथर कापिरहेको शरीरलाई
अङ्गालो हाल्न
आमा निकै गार्हो गरी केही
अन्तिम शब्द भन्न खोज्दै थिइन्
मेरा साना हातले आमाको थरथर कामिरहेको
तातो अनुहारलाई समाएँ
बिस्तारै उहाँको टाउकोलाई
आफ्नो काखमा राखेँ
आमा खवा्क खवा्ख गर्दै बोल्न
खोज्दै थिइन्

तर एक्कासि सबै रोकियो
आमा सुस्त जीउ लिएर मेरा
काखमा टाउको राखी
माथि हेरेर टोलाइरहिन्
मेरा आँखाबाट बरबरी

तातो आँसुका थोपा सलल बग्न थाले
बाबाले पनि आफूलाई थाम्न सक्नुभएन ।
यस्तो अवस्था देखेर मनलाई थाम्न सकिएन
आमाको चिस्सिँदै गरेको जीउलाई च्याप्प
समातेर रोइरहेँ

आमाले फेरि केही भन्छिन् कि भनी
आसा गरिरहेँ
तर बदलामा केबल
शमशान झै शान्ति पाएँ
सुनियो त केबल

बाबाका रुवाइ र मेरा चिच्चाहट
यिनै यादहरुआँखाबाट फेरि
बग्रेल्ती आँसु बनी बग्न थाले
त्यो दिन र आजमा
फरक यत्ति थियो कि

मेरो आँसु पुछ्ने भने कोही रहेन
आमाको बियोगको घाउ नभरिँदै
मेरा अन्तिम साहारा
बाबाले समेत आफ्नो बाचा तोडिदिए
सधैँसँगै रहने बाचा

कति थिए परिवारका निम्ति सपना
आमा बाबाको हात समाइ संसार
घुम्ने मन थियो
तर यी सबै सपना नै रहने भए
ती मुस्कान अब कल्पना मात्र भए

कहिलेका मुस्कान आज आँसु मानै थामिए
एक्लै, मेरो जीवन कालो रातमा
ताराले जगमग आकासलाई नियालिरहेँ
भविष्यको कल्पनामा मग्न भएँ