चिरञ्जीवी लामिछाने ।

भनिन्छ संसारमा त्यति मानिसहरू खान नपाएर मरिरहेका छैनन् जति मानिस खान नजानेर वा बढी खाएर मरिरहेका छन् । जतिजति मानव समाज आधुनिक बन्दै गयो, त्यति नै नयाँनयाँ स्वास्थ्य समस्याले घेरिरह्यो । जतिजति मानिस कृत्रिमतालाई अँगाल्दै अनि प्रकृतिबाट टाढिँदै गयो, त्यति नै मात्रामा मानिसले अप्राकृतिक हुनुको दण्ड पाउँदै गयो । हाल संसारभर फैलिरहेको कोरोना भाइरसको आतङ्कलाई पनि संसारका मानिसहरू प्रकृतिबाट विमुख बन्दै गएकोमा प्राप्त एउटा डरलाग्दो उपहारका रूपमा लिन सक्छौँ । मिडियामा कोरोना जस्तै गरी नछाएका तर कोरोनाभन्दा धेरै नै खतरनाक किसिमले संसारमा मानिसको अकाल मृत्युको कारण बनिरहेका अनेकौँ रोगहरूको असर पनि दिनानुदिन बढ्दो छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्क अनुसार संसारमा सर्ने रोग भन्दा नसर्ने रोगका कारण मानिसको मृत्यु अत्यधिक भइरहेको छ । सारमा भन्नुपर्दा यसको मुख्य कारण शारीरिक सक्रियता नहुनु, रोगहरूबाट बच्ने उपायहरू समयमै ख्याल नगर्नु र मानिसले गर्ने परिश्रमअनुसार खानपानको तालमेल मिल्न नसक्नु नै हो ।

प्रकृतिबाट हामीले खाना, हावापानी तथा शरीरलाई चलायमान बनाउने बाहानाहरू पनि प्राप्त गरिरहेका हुन्छौं । यसबाहेक चेतनशील मानवको सदियौंदेखिको अभ्यास तथा अनुभवबाट प्राप्त ज्ञानले पनि मानिसलाई स्वस्थ र तन्दुरुस्त रहन सिकाएका छन् । शरीररुपी इन्जिन चलाउने मुख्य इन्धन खाना हो । इन्जिनको कार्यक्षमता र त्यसले गर्ने काम अनुसार इन्धन खपत हुने गर्दछ । कम चल्ने इन्जिनमा बढी इन्धन राख्यो भने पनि त्यो इन्धनको भरपुर प्रयोग हुन पाउँदैन । अर्कातर्फ धेरै चल्नुपर्ने इन्जिनमा थोरै मात्र इन्धन राख्ने हो भने इन्जिनमा खराबी आउन सक्छ । खानालाई शरीरको पारिश्रमिक मान्ने हो भने शरीरले गर्ने परिश्रमअनुसार हुनेगरी पारिश्रमिक लिनु मात्र शरीरको लागि न्यायसङ्गत हुन्छ ।

हुन त सामाजिक र आर्थिक दुवै रुपमा हेर्ने हो भने आम मानिसले गर्ने शारीरिक श्रम र ग्रहण गर्ने भोजनको सामञ्जस्यता छैन । धेरै परिश्रम गर्नेहरूको भोजन शरीरको लागि अपर्याप्त देखिन्छ भने उपल्ला आर्थिक हैसियत बनाएका र कम श्रम गर्नेहरूको भोजन शरीरलाई चाहिनेभन्दा अधिक छ । दुवै अवस्था शरीरका लागि घातक बन्न सक्दछन् । नसोचेका समस्या एक्कासी देखा पर्नु तथा त्यसबाट लामो समयसम्म सताइनु र स्वास्थ्य स्तर खस्कँदै जानु नै यसका भयावह परिणामहरू हुन् । फरक चाहिँ के छ भने हाम्रो समाजमा बढी श्रम गर्नेहरू तागतदार भोजनको कमीका कारण बढी रोगी छन् भने कम श्रम गर्नेहरू बढी तागतदार भोजनका कारण रोगी छन् । जसरी रोगी भए पनि अनि स्वास्थ्य सेवामा जे जस्तो सुधार आए पनि दिनानुदिन रोगी हुनेहरूको सङ्ख्या नै बढ्दो छ । स्वस्थकर भोजन सम्बन्धी अज्ञानता तथा गलत धारणाहरू दुवै खालका मानिसहरूमा कायमै रहेको पाइन्छ । यसबाहेक दुवै वर्गका मानिसहरूमा मिल्ने अर्को समानता के भने उनीहरू आफ्नो मेहनतको आम्दानी खर्च गरीगरी शरीरलाई हानि पुर्याउन वा दण्ड दिनलाई तत्पर छन् । भन्नुको अर्थ धुम्रपान, मद्यपान तथा लागूपदार्थ सेवन गर्नेहरू खासगरी कि त अत्यधिक श्रम गर्ने वर्गका भेटिन्छन् कि त अत्यन्त नगन्य श्रम गर्ने तथा विलासी जीवन जिउने वर्गका भेटिन्छन् । यसरी शरीरले गर्ने परिश्रमको आधारमा पारिश्रमिकको रुपमा खानेकुराको तालमेल मिल्न नसक्नु नै अहिलेको स्वास्थ्य समस्याको मूल जरो हो ।

भुल्नै नहुने अर्को कुरा के हो भने संसारभर नै व्यवसायिकता तथा मानिसको आवश्यकता वृद्धि भएकाले प्राकृतिक स्वरुपका खानेकुरा पाउनु असम्भव जस्तै छ । किनेर खाइने हुन् वा आफैंले उत्पादन गरिएका हुन्, कुनै न कुनै किसिमले विषादी तथा रसायनको प्रयोग भएकै पाइन्छ । मिसावट, गुणस्तर कमी, धेरै समय स्टोर गरिएका तथा ताजा देखाउने रसायन प्रयोग गरिएका खाद्य सामग्रीहरू र तिनीहरूको खराब असरको त कुरै छाडौँ । प्रकृतिले दिएको शरीरमा अप्राकृतिक खालका खाद्यवस्तु थोपर्दै जाने अनि त्यसपछि शारीरिक श्रमबाट पनि बिमुख बन्दै जाने बानीले हाम्रो स्वास्थ्य कस्तो हुँदै जाला रु

एक त शारीरिक सक्रियतामा कमी आउनु, अर्कातिर शरीरको आवश्यकतासँग भोजनको तालमेल नमिल्नु, त्यसमाथि हामीले सेवन गर्ने सबैजसो खानेकुरामा शरीरमा असर गर्ने विषाक्त वस्तुहरूको मिसावट हुनु तथा अखाद्य बस्तुहरू पाइनुले अब हरेक बर्षको मानिसहरूको स्वास्थ्य उपचार खर्च बढ्दै बढ्दै जाने लगभग निश्चित छ । दैनिक प्रयोगमा आउने अन्नबाली, तरकारी, फलफूल, दूध, माछामासु मात्र होइन हामीले सास फेर्ने हावा र प्यास मेटाउने पानी समेत स्वास्थ्यलाई असर गर्ने हानिकारक वस्तुहरूबाट मुक्त छैनन् । यतिमात्र कहाँ हो र रु खराब असर थाहा पाउँदापाउँदै पनि मानिसहरू चिल्लो, पिरो, अमिलो, मसालेदार, केमिकल प्रोसेस गरिएका (chemically processed), ताजा देखाउने रसायन प्रयोग गरिएका (preservatives added), मिठो र तिक्खर स्वाद आउने खानेकुराको लागि लालायित छन् । हेर्दाखेरि कहिलेकाहीँ यस्तो लाग्छ, मानिसहरू जिउको लागि कम र जिब्रोको लागि बढी खाँदैछन् । “मीठो पाए जरा पनि नछाड्ने तितो भए पात पनि नछुने” भन्ने उखान त्यसै चलेको होइन ।

संसारभर चलिरहेको आर्थिक(सामाजिक विकासक्रमलाई हेर्ने हो भने शारीरिक श्रमलाई आवश्यकताभन्दा बाध्यताको रूपमा हेर्ने परिपाटी बढिरहेको छ । सकेसम्म शारीरिक श्रम गर्नै नपरे हुन्थ्यो भन्ने बुझाइ नै तपाइँ हाम्रो वरपर रहेको छ । संसारभर विविध क्षेत्रमा प्रविधिको विकास हुँदै जानुले पनि मानिसहरूले गर्ने गरेका शारीरिक श्रमलाई घटाइरहेको छ । मानिसले गर्ने शारीरिक श्रमको आधारमा नै भोजनको मात्रा पनि श्रम निर्धारण हुनुपर्ने हो । तर त्यस विपरीत मिठो मिठो कुरा खान खोज्ने, खानेकुराहरूमा पनि विश्वव्यापीकरणको असर परेर धेरै धेरै किसिमका परिकारहरू खाने बानीले बढ्दै गइरहेको छ । विश्वभरका मानिसहरूको रोजाइमा विलासी जीवनशैली परेको सन्दर्भमा स्वास्थ्य समस्याहरू पनि त्यही किसिमले बढिरहेका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार अहिले मुटुसम्बन्धी रोग मृत्युको पहिलो कारण परेको छ । त्यस्तै क्यान्सर, पेटसम्बन्धी रोगहरू, रोगहरू पनि तँछाडमछाड गर्दै अघि बढेका छन् ।

आधुनिक औषधि विज्ञानका पिता मानिने हिप्पोक्रेट्सले भनेका छन्, “खाना त्यस्तो होस् जसमा औषधिय गुण होस् अनि हामीले खाने औषधि त्यस्तो होस् जसमा खाद्य गुण होस् ।“ Let food be thy medicine, and let medicine be thy food.”) वास्तवमा भन्ने हो भने हामीले शरीरलाई सञ्चालन गर्नको लागि खाने खानेकुरा तथा शरीरको समस्याहरु निको पार्न भनेर प्रयोग गरिने विभिन्न औषधिहरूका कारण शरीरमा अनेकौँ समस्या निम्तिइरहेका छन् । प्राकृतिक खानेकुराले शरीरको कोष तथा अंगहरुलाई सक्रिय बनाउने, शरीरमा आवश्यक पर्ने विभिन्न तत्वहरूको सन्तुलन गर्ने, शरीरको आन्तरिक शुद्धीकरण गर्ने, रोगप्रतिरोधी क्षमताको विकास गर्ने, शरीरलाई आवश्यक पर्ने शक्ति दिएर बलियो बनाउने आदि काम गर्दछ । तर वास्तविकता के छ भने तपाईँ हाम्रो खानपान दिनानुदिन प्राकृतिक भन्दा पनि अप्राकृतिक बन्दै गइरहेको छ । एक त शारीरिक सक्रियतामा कमी, अर्कातर्फ अप्राकृतिक खानेकुराहरुको असर । त्यसमाथि तपाईं हामीले प्रयोग गर्ने औषधिमा पनि खाद्य गुण भन्दा रासायनिक गुण बढी पाइनु । यी सबै कारणहरुले गर्दा मानव स्वास्थ्य अहिलेसम्मकै कमजोर अवस्थामा पुगिसकेको छ । जब शरीर कमजोर हुन्छ, शरीरलाई आक्रमण गर्ने तत्वहरु सक्रिय हुन्छन् । कतिपय अवस्थामा शरीरले ती तत्वहरुलाई परास्त गर्न सक्दैन र आफैं परास्त हुन पनि सक्दछ । यस्तो अवसस्याबाट मुक्ति पाउन गर्नुपर्ने काम चाहिँ प्राकृतिक जीवनशैली र खानपानमै फर्कने प्रयास गर्ने हो । कुनै रोग वा समस्याबाट बच्न पनि प्रकृतिबाटै प्राप्त तत्वहरूको विवेकपूर्ण प्रयोग गर्ने हो ।

शरीरको सक्रियता र भोजन प्रणालीलाई प्राकृतिक वा प्रकृतिको नजिक लैजान तयार नहुने हो भने तपाईँ हामी जो सुकैलाई जतिसुकै बेला पनि अनेक स्वास्थ्य समस्याले नसमात्ला भनेर भन्न सकिँदैन । यसर्थ स्वास्थ्यका लागि हाम्रो जीवनशैली र खानपानलाई समीक्षा गर्न अझै ढिला नगरौँ ।

भनिन्छ संसारमा त्यति मानिसहरू खान नपाएर मरिरहेका छैनन् जति मानिस खान नजानेर वा बढी खाएर मरिरहेका छन् । जतिजति मानव समाज आधुनिक बन्दै गयो, त्यति नै नयाँनयाँ स्वास्थ्य समस्याले घेरिरह्यो । जतिजति मानिस कृत्रिमतालाई अँगाल्दै अनि प्रकृतिबाट टाढिँदै गयो, त्यति नै मात्रामा मानिसले अप्राकृतिक हुनुको दण्ड पाउँदै गयो । हाल संसारभर फैलिरहेको कोरोना भाइरसको आतङ्कलाई पनि संसारका मानिसहरू प्रकृतिबाट विमुख बन्दै गएकोमा प्राप्त एउटा डरलाग्दो उपहारका रूपमा लिन सक्छौँ । मिडियामा कोरोना जस्तै गरी नछाएका तर कोरोनाभन्दा धेरै नै खतरनाक किसिमले संसारमा मानिसको अकाल मृत्युको कारण बनिरहेका अनेकौँ रोगहरूको असर पनि दिनानुदिन बढ्दो छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्क अनुसार संसारमा सर्ने रोग भन्दा नसर्ने रोगका कारण मानिसको मृत्यु अत्यधिक भइरहेको छ । सारमा भन्नुपर्दा यसको मुख्य कारण शारीरिक सक्रियता नहुनु, रोगहरूबाट बच्ने उपायहरू समयमै ख्याल नगर्नु र मानिसले गर्ने परिश्रमअनुसार खानपानको तालमेल मिल्न नसक्नु नै हो ।

प्रकृतिबाट हामीले खाना, हावापानी तथा शरीरलाई चलायमान बनाउने बाहानाहरू पनि प्राप्त गरिरहेका हुन्छौं । यसबाहेक चेतनशील मानवको सदियौंदेखिको अभ्यास तथा अनुभवबाट प्राप्त ज्ञानले पनि मानिसलाई स्वस्थ र तन्दुरुस्त रहन सिकाएका छन् । शरीररुपी इन्जिन चलाउने मुख्य इन्धन खाना हो । इन्जिनको कार्यक्षमता र त्यसले गर्ने काम अनुसार इन्धन खपत हुने गर्दछ । कम चल्ने इन्जिनमा बढी इन्धन राख्यो भने पनि त्यो इन्धनको भरपुर प्रयोग हुन पाउँदैन । अर्कातर्फ धेरै चल्नुपर्ने इन्जिनमा थोरै मात्र इन्धन राख्ने हो भने इन्जिनमा खराबी आउन सक्छ । खानालाई शरीरको पारिश्रमिक मान्ने हो भने शरीरले गर्ने परिश्रमअनुसार हुनेगरी पारिश्रमिक लिनु मात्र शरीरको लागि न्यायसङ्गत हुन्छ ।

हुन त सामाजिक र आर्थिक दुवै रुपमा हेर्ने हो भने आम मानिसले गर्ने शारीरिक श्रम र ग्रहण गर्ने भोजनको सामञ्जस्यता छैन । धेरै परिश्रम गर्नेहरूको भोजन शरीरको लागि अपर्याप्त देखिन्छ भने उपल्ला आर्थिक हैसियत बनाएका र कम श्रम गर्नेहरूको भोजन शरीरलाई चाहिनेभन्दा अधिक छ । दुवै अवस्था शरीरका लागि घातक बन्न सक्दछन् । नसोचेका समस्या एक्कासी देखा पर्नु तथा त्यसबाट लामो समयसम्म सताइनु र स्वास्थ्य स्तर खस्कँदै जानु नै यसका भयावह परिणामहरू हुन् । फरक चाहिँ के छ भने हाम्रो समाजमा बढी श्रम गर्नेहरू तागतदार भोजनको कमीका कारण बढी रोगी छन् भने कम श्रम गर्नेहरू बढी तागतदार भोजनका कारण रोगी छन् । जसरी रोगी भए पनि अनि स्वास्थ्य सेवामा जे जस्तो सुधार आए पनि दिनानुदिन रोगी हुनेहरूको सङ्ख्या नै बढ्दो छ । स्वस्थकर भोजन सम्बन्धी अज्ञानता तथा गलत धारणाहरू दुवै खालका मानिसहरूमा कायमै रहेको पाइन्छ । यसबाहेक दुवै वर्गका मानिसहरूमा मिल्ने अर्को समानता के भने उनीहरू आफ्नो मेहनतको आम्दानी खर्च गरीगरी शरीरलाई हानि पुर्याउन वा दण्ड दिनलाई तत्पर छन् । भन्नुको अर्थ धुम्रपान, मद्यपान तथा लागूपदार्थ सेवन गर्नेहरू खासगरी कि त अत्यधिक श्रम गर्ने वर्गका भेटिन्छन् कि त अत्यन्त नगन्य श्रम गर्ने तथा विलासी जीवन जिउने वर्गका भेटिन्छन् । यसरी शरीरले गर्ने परिश्रमको आधारमा पारिश्रमिकको रुपमा खानेकुराको तालमेल मिल्न नसक्नु नै अहिलेको स्वास्थ्य समस्याको मूल जरो हो ।

भुल्नै नहुने अर्को कुरा के हो भने संसारभर नै व्यवसायिकता तथा मानिसको आवश्यकता वृद्धि भएकाले प्राकृतिक स्वरुपका खानेकुरा पाउनु असम्भव जस्तै छ । किनेर खाइने हुन् वा आफैंले उत्पादन गरिएका हुन्, कुनै न कुनै किसिमले विषादी तथा रसायनको प्रयोग भएकै पाइन्छ । मिसावट, गुणस्तर कमी, धेरै समय स्टोर गरिएका तथा ताजा देखाउने रसायन प्रयोग गरिएका खाद्य सामग्रीहरू र तिनीहरूको खराब असरको त कुरै छाडौँ । प्रकृतिले दिएको शरीरमा अप्राकृतिक खालका खाद्यवस्तु थोपर्दै जाने अनि त्यसपछि शारीरिक श्रमबाट पनि बिमुख बन्दै जाने बानीले हाम्रो स्वास्थ्य कस्तो हुँदै जाला?

एक त शारीरिक सक्रियतामा कमी आउनु, अर्कातिर शरीरको आवश्यकतासँग भोजनको तालमेल नमिल्नु, त्यसमाथि हामीले सेवन गर्ने सबैजसो खानेकुरामा शरीरमा असर गर्ने विषाक्त वस्तुहरूको मिसावट हुनु तथा अखाद्य बस्तुहरू पाइनुले अब हरेक बर्षको मानिसहरूको स्वास्थ्य उपचार खर्च बढ्दै बढ्दै जाने लगभग निश्चित छ । दैनिक प्रयोगमा आउने अन्नबाली, तरकारी, फलफूल, दूध, माछामासु मात्र होइन हामीले सास फेर्ने हावा र प्यास मेटाउने पानी समेत स्वास्थ्यलाई असर गर्ने हानिकारक वस्तुहरूबाट मुक्त छैनन् । यतिमात्र कहाँ हो र रु खराब असर थाहा पाउँदापाउँदै पनि मानिसहरू चिल्लो, पिरो, अमिलो, मसालेदार, केमिकल प्रोसेस गरिएका(chemically processed), ताजा देखाउने रसायन प्रयोग गरिएकाpreservatives added), मिठो र तिक्खर स्वाद आउने खानेकुराको लागि लालायित छन् । हेर्दाखेरि कहिलेकाहीँ यस्तो लाग्छ, मानिसहरू जिउको लागि कम र जिब्रोको लागि बढी खाँदैछन् । “मीठो पाए जरा पनि नछाड्ने तितो भए पात पनि नछुने” भन्ने उखान त्यसै चलेको होइन ।