हेटौंडाः हेटौंडा–११, नवलपुरका तीर्थ रोक्काले बुबाको स्मृतिमा सहयोग गर्नुभएको छ । हेटौंडा–११, सरस्वतीमा निर्माणाधिन किरियापुत्री घर निर्माणका लागि १० हजार रुपैयाँ नगदसहित २० बोरा सिमेन्ट सहयोग गर्नुभएको छ ।
रोक्काले शनिबार सहयोग रकम र सिमेन्ट हस्तान्तरण गर्नुभएको हो । ज्येष्ठ नागरिकले सामाजिक सुरक्षाभत्ता वापत प्राप्त रकमबाट किरियाघर निर्माण गरिरहेको छ । भाईको जन्मदिनको समेत अवसर पारेर बुबाको स्मृतिमा रोक्काले सहयोग गर्नुभएको हो । सहयोगप्रति ज्येष्ठ नागरिकहरुले खुसी व्यक्त गर्दै रोक्कालाई सम्मान गरेका छन् ।