हेटौंडाः साईकल अभियन्ता तथा मकवानपुर साइक्लिङ संघका संस्थापक अध्यक्ष नरेश लाल श्रेष्ठको १३ औं पूण्यतिथीमा मकवानपुर साइक्लिङ संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

मकवानपुरका साईकलयात्री तथा साइकल अभियन्ताहरुले हेटौंडा–१०, बुद्धचोकस्थित भिमसेन मन्दिरमा शनिबार साँझ एक मिनेट मौनधारण गर्दै दीप प्रज्वलन गरेर श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । श्रद्धाञ्जली सभामा मकवानपुर जिल्ला साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठलगायत पदाधिकारी तथा साइकल अभियन्ताहरुको सहभागिता रहेको थियो । कोभिड–१९ संक्रमणको जोखिमका कारण सीमित व्यक्तिको सहभागितामा श्रद्धाञ्जली कार्यक्रम गरिएको साइकल अभियन्ता जीवन शर्माले जानकारी दिनुभएको छ ।

साइकल अभियन्ता तथा मकवानपुर साइक्लिङ संघका संस्थापक अध्यक्षको योगदानको सम्मानमा उपयुक्त कार्यक्रम ल्याउन छलफल गरिने मकवानपुर साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठले बताउनु भएको छ । हेटौंडा–५, सानोपोखरा निवासी नरेश लाल श्रेष्ठको गत जेष्ठ ३१ गते अल्पायु मै हृदयघातका कारण मृत्यु भएको थियो ।