वास्तविक स्वास्थ्य के हो ?
आजकल दुनियाँ भरी स्वास्थ्य उपचारको क्षेत्रमा एक्कासी मौलिक परिवर्तन आरम्भ भइसकेको हुन्छ । चिकित्सकहरुले मान्नुहुन्छ कि, क्यान्सर रोगको सुरुवात भावनात्मक निराशाबाट नै हुन्छ । क्यान्सरका बिरामीले आँखा बन्द गरेर कल्पनामा हेर्नु हुन्छ, कि उसको शरीरमा रगतका सेतो कोषहरुले क्यान्सरका कोशिकाविरुद्व लडाईं गरेर क्यान्सरमाथि विजय प्राप्त गर्छन् । त्यस्तै, होमियोप्याथी वा अर्को चिकित्सकहरु आश्चर्यचकित छन् कि कुनै वास्तविक रोगमुक्तिकारक रसायन र औषधी तत्व नभएको चक्की वा ग्लोबुलहरु (प्लेसेबोे) बिरामीलाई औषधी भनेर खान दिएपछि रोगमुक्तिमा परिणत हुन्छ ।
अमेरिकामा डाक्टरहरु रोगीको प्रकाशानलय (औरा) का तस्वीरका विभिन्न रंग र तिब्रताबाट नै विशिष्ट रोगहरुको निदान गर्छन् । मनुष्यको वरिपरि रहने नाङ्गो आँखाले नदेखिने र किर्लीचन फोटोग्राफीबाट थाहा पाइने प्रकाश किरण भावनाहरुको परिवर्तनको साथसाथै परिवर्तन भएको देखिन्छ । स्थुल शरीरमा प्रकट हुने रोग लक्षणहरुः हाम्रो सूक्ष्म शरीरमा धेरै पहिलादेखि ने विद्यमान रहेको जान्न सकिन्छ । यस पूर्वनिदानअनुसार बेलैमा स्थुल वा सूक्ष्म उपचार विधिबाट जराबाटै निको हुन सकिन्छ ।
शारीरिक रोगका कारण मानसिक हो । चिकित्सकको साथैमा रोगीहरुले पनि अब मान्नुहुन्छ कि सबै नभएपनि धेरैजसो लगभग ७० प्रतिशत मानौं दैनिक साइको सोमेटिक हुन्छन् । अर्थात् बिमारीको सधैं सम्बन्ध मनसित छ । रोगको जीवाणुहरु कीटाणु वा भाइरसहरु विषाणु सधैं हाम्रो वरिपरि र शरीरभित्र विद्यमान छन् र सामान्यतया हामीलाई कुनै हानि पुर्याउनुहुँदैन । हाम्रो शरीरको रोगप्रतिरोधक शक्ति इम्युनिटी प्रणाली, जस्तै सेतो रक्तकणहरुले बाहिरबाट आउने आवश्यक शत्रुहरुलाई परास्त गर्ने वा खाने काम गर्छन् र हामीलाई सामान्य रुघादेखि ठूला रोगहरुबाट बचाउँछन् ।
भावनाहरुको रोगमा भूमिकाः जहाँ हामी दुःख, चिन्ता र निराशाजस्ता नकारात्मक भावबाट आक्रान्त हुन्छौं, त्यसबेला हाम्रो रोगप्रतिरोध क्षमता कमजोर पर्छ । अनिमात्र हानिकारक जीवाणु (ब्याक्टेरिया) हाम्रो शरीरमा बढेर हामी रोगको सिकञ्जामा फस्छौं । नकारात्मक भावनाहरु र रोगको बीचको सम्बन्ध बारबार सिद्ध भइसकेको छ । मल्टिपल स्लेरोसिस नामक भयवाह रोगका ५७ प्रतिशत रोगीहरुले यस बिमारीबाट ग्रस्त हुनुभन्दा पहिले दुःखदायक वा सनातपूर्वक अवस्थाबाट गुज्रिएका थिए । जोन हापकिन्स मेडिकल स्कूलमा एउटा अध्ययन गर्नुभएकोे थियो ।
व्यक्तिहरुका दुई समूहहरु रहेका थिए । एउटा समूहका व्यक्तिहरु भावनात्मक रुपले सन्तुलित थिए भने अर्को समूह असन्तुलित थिए । ३० वर्षसम्म गरेको अनुसन्धान, परीक्षणबाट के पाइएको छ भने ७७ प्रतिशत भावनात्मकरुपले असन्तुलित व्यक्तिहरु क्यान्सर, उच्चरक्तचाप र मुटुरोगबाट पीडित भएका थिए र अन्य वयस्क (कम उमेरमा नै) मृत्यु भएका थिए । अनि जुन मुटुरोग विशेषज्ञहरुले स्वीकार गर्छन् कि, प्रतिस्पर्धात्मक, हत्तारिने र अस्थिर प्रकारका व्यक्तिहरुको मुटुरोग र हृदयाघाततर्फ बढि झुकाव हुन्छ ।
वैज्ञानिक तथ्यः प्रसिद्ध वैज्ञानिक अल्वर्ट सेन्टग्योर्गीले भन्नुहुन्छः धेरै कम मान्छेहरुले वास्तविक (साँचो) स्वास्थ्य के हो ? बुझ्छन् किनकि प्रायःजसोले आफैं आफूलाई विस्तार मार्नका लागि व्यस्त छन् । तर हाम्रो शरीर आफ्नो मनको साथमा घनिष्टताको साथ जुडेको हुनुपर्छ ।