रक्तदान गर्दै रक्तदाताहरु ।

हेटौंडाः नेपाल रेडक्रस सोसाइटी हेटौंडा–४ उपशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । उपशाखाले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ ।

नेपाल रेडक्रस सोसाइटी हेटौंडा–४ उपशाखाका अध्यक्ष शिवहरि दाहालको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य जुनेली माया श्रेष्ठको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपानेको विशेष आतिथ्य रहेको थियो ।

पछिल्लो तीनदिन लगातार रक्तदान कार्यक्रम भएका छन् । बुधबार हेटौंडा–२ स्थित एफसी विजय युथले आयोजना गरेको कार्यक्रममा ९० जनाले रक्तदान गरेका थिए भने बिहीबार जेसीआई बस्तीपुरले बस्तीपुरमा आयोजना गरेको कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए ।