हेटौंडाः मकवानपुरको थाहा नगरले आगामी आर्थिक वर्ष ०७८/०७९ को लागि झण्डै एक अर्बको बजेट ल्याएको छ । थाहा नगरले ९५ करोड ६४ लाख ३२ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको हो ।

बिहीबार नगरसभामा उपप्रमुख खडगबहादुर गोपालीले आगामी वर्षको लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । चालु खर्च तर्फ ८ करोड ५७ लाख ४५ हजार, पुँजिगत खर्च ४२ करोड ७५ लाख ८१ हजार, सशर्ततर्फ ३२ करोड ३१ लाख ६ हजार, सामाजिक सुरक्षातर्फ १२ बजेट विनियोजन भएको हो ।

थाहा नगरले आफ्नो आन्तरिक आम्दानी बाट ११ करोड ८८ लाख ४९ हजार, राजश्व बाँडफाँडबाट १६ करोड ५३ लाख ४९ हजार, संघीय अनुदान ५७ करोड ५५ लाख र प्रदेशबाट ९ करोड ६७ लाख ३४ हजार रुपैयाँ आय गर्नेछ ।