हेटौंडाः मकवानपुरमा ५७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा थप ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार दिउँसो २ बजे सार्वजनिक गरेको विवरण अनुसार २१ जनाको पीसीआर रिपोर्ट र ३६ जनाको ऐन्टिजेन रिपोर्ट पोजेटिभ आएको हो । यसैगरी गएको २४ घण्टामा १ सय ७२ जनाले कोरोलाई जितेका छन् । मकवानपुरमा कोरोनाको कारण हालसम्म ११३ जनाको मृत्यु भएको छ ।