सांकेतिक तस्वीर ।

हेटौंडाः पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । हेटौंडा–१३ की ६७ वर्षिय महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो सहित कोरोनाको दोस्रो लहरमा हेटौंडा अस्पतालमा ८५ जनाको उपचारको क्रममा मृत्यु भएको छ । अहिले अस्पतालमा ४३ जना कोरोना संक्रमित उपचाररत छन् ।