हेटौंडाः समाज विकास तथा वातावरण सुधार नेपालको आयोजनामा विपन्न वर्ग तथा वृद्धवृद्धाहरुलाई खाद्यान्न सहयोग गरिएको छ । संस्थाले हेटौंडा–१३ स्थित वनस्पतिमा दोस्रो पटक खाद्यान्न सहयोग गरेको हो ।
विपन्न अवस्थाका परिवार तथा वृद्धवृद्धालाई चामल, दाल तथा नुन सहयोग गरिएको सहारा टोल विकास संस्थाका अध्यक्ष अशोककुमार डिम्डुङले जानकारी दिनुभएको छ । वडा नम्बर १३ का वडा सदस्य सन्तबहादुर थिङको प्रमुख अतिथ्यमा राहत वितरण गरिएको हो । निषेधाज्ञा लम्बिँदै गएको अवस्थामा विपन्न वर्ग तथा काम गरेर खान नसक्ने अवस्थाका वृद्धवृद्धाहरुलाई मध्यनजर गरी खाद्यान्न वितरण गरिएको डिम्डुङले जानकारी दिनुभएको छ ।