हेटौंडाः प्रहरीले मकवानपुरका तीनजना गाँजा बोक्ने भरियालाई गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–७ का ४७ वर्षीय हिराबहादुर मोक्तान, २४ वर्षीय रामकुमार मोक्तान र २४ वर्षीय ठाकुर सुनार छन् ।
प्रहरी चौकी चैनपुरका प्रहरी सहायक निरीक्षक दिपकराज न्यौपानेको कमाण्डमा खटिएको टोलीले शनिबार दिउँसो उनीहरूलाई राक्सिराङ्ग गाउँपालिका–५ बोटबारी स्थित सडक खण्डबाट पक्राउ गरेको हो ।
पैदल हिँडिरहेका उनीहरूले बोकेको झोलामा १२ किलो ३ सय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । उनीहरुमाथि थप अनुसन्धान तथा कारबाही अघि बढेको उहाँले बताउनुभयो ।