सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शनिबार दिउँसो २ बजेट मकवानपुरको मकवानपुरगढी २ को ५० वर्षीय पुरुष, शनिबार राति ८ बजे १५ मिनेटमा सर्लाही जिल्ला लालबन्दी–५ को ८६ वर्षीय पुरुष र (आज) आइतबार बिहान मकवानपुरको राक्सिराङ–१ को ८२ वर्षको पुरुषको मृत्यु भएको हो ।

उनीहरु सबैको संक्रमण पुष्टि भएसँगै अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको थियो ।