हेटौंडाः हेटौंडामा आइतबार ७४ जनाको स्वाब नमूना संकलन गरिएको छ । २७ महिलासहित उनीहरुको स्वाब नमूना संकलन गरिएको स्वाब संकलन केन्द्र हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार संक्रमितहरुको वरिपरि भएकाहरुको मात्र अहिले स्वाब संकलन गरिएको छ । संकलन भएको स्वाब नमूना कोरोनाको पीसीआर परीक्षण गर्न हेटौंडा अस्पतालको प्रयोगशालामा पठाइएको छ ।