चाइनिज ताइपेइ बिरुद्ध गोल गरेपछि खुसी व्यक्त गर्दै अन्जन विष्ट ।

हेटौंडाः सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत चाईनिज ताईपेइबिरुद्धको खेलको सुरुवाती समयमा नै नेपालले अग्रता बनाएको छ ।

कुवेतको राजधानी कुवेत सिटीमा भइरहको खेलमा चौथो मिनेटमा नै नेपालले गोल गर्दै १–० गोलको अग्रता बनाएको छ ।

चाइनिज ताईपेइका खेलाडीले डिबक्स भित्र ह्यान्ड गर्न पुग्दा नेपालले पाएको पेनाल्टीलाई मकवानपुरे खेलाडी अन्जन विष्टले सदुपयोग गर्दै गोल गरेका हुन् ।