हेटौंडाः सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत चाईनिज ताईपेइबिरुद्धको आजको खेलमा मकवानपुरे खेलाडी अन्जन विष्टसहित सुनिल बलले सुरुवाती ११ मा खेल्ने भएका छन् ।

कुवेतको राजधानी कुवेत सिटीमा चाइनिज ताईपेइ बिरुद्धको खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अन्जन र सुनिलसहित सुरुवाती ११ को घोषणा गरेका छन् । प्रशिक्षक अलमुताईरीले नेपाली टोलीलाई ४–३–३ को रणनीतिमा मैदान उतारेका छन् ।

नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने छन् । मैदानमा डिफेस लाइन रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ र सुमन अर्यालले सम्हाल्नेछन् । मिडफिल्डरमा सुमन लामा, पुजन उपरकोटी र सन्तोष तामाङको भुमिका महत्वपूर्ण रहनेछ भने आक्रमणका लागि अन्जन विष्ट, सुनिल बल र आशिष लामालाई चुनिएको छ ।

इराकविरुद्धको मैत्रीपूर्ण खेलमा सुरुवाती–११ मा रहेका मनिष डाँगी र नवयुग श्रेष्ठलाई बेन्चमा राखिएको छ । खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।