हेटौंडाः मकवानपुरको सबै स्थानीय तहका विभिन्न सहकारीहरुलाई मंगलबार रासायनिक युरिया मल वितरण गरिएको छ । आइतबार र मंगलबार गरी कृषि सामग्री कम्पनि लिमिटेड मकवानपुर शाखाले २ सय ७४ टन मल वितरण गरेको छ । २ दिनमा ८८ सहकारीहरुलाई मत वितरण गरिएको कृषि सामग्री कम्पनि लिमिटेड मकवानपुरका प्रमुख बल बहादुर पन्थले जानकारी दिनुभयो ।
सहरीक्षेत्रको सहकारीलाई ४० बोराको दरले र अन्य टाढाबाट आउने सहकारीहरुलाई ६० बोराका दरले मत वितरण गरिएको उहाँले बताउनुभयो । अहिले दैनिक एक दुई गाडि मल जिल्लामा आएको उहाँले बताउनुभयो ।
सहकारीलाई पर्याप्त नभएपनि किसानहरुलाई यसले केही राहत पुग्ने उहाँले बताउनुभयो । यस्तै साल्टट्रेडि हेटौंडा शाखाले पनि मंगलबार मत वितरण गरेको छ । १४ सहकारीलाई ३० बोराको दर युरिया मल वितरण गरेको साल्टट्रेडिङ हेटौंडाका प्रमुख शैलेश पाण्डेले जानकारी दिनुभयो । आज ३ सय बोरा युरिया र १ सय ५० बोरा डियपि मल वितरण गरिएको बताउनुभयो । उहाँले आज वितरण गर्न नभ्याएका अन्य सहकारीहरुलाई भोलि क्रमश वितरण हुने बताउनुभयो ।