बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुँदै संस्थाका प्रमुख बुद्धवीर लामा ।

हेटौंडाः इस्थर बेञ्जामिन स्मृति संस्थाले मकवानपुरको बकैया गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । आइतबार बकैया गाउँपालिका पुगेर गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

इस्टर बेञ्जामिन स्मृति संस्थाका प्रमुख बुद्धवीर लामाले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । इस्थर बेञ्जामिन स्मृति संस्थाले थर्मोगन २० थान, अक्सिमिटर १५ थान, ५० लिटर सेनिटाइजर, २५ लिटर ह्याण्डवास, मास्क १५ सय थान, ग्लोब्स २ हजार थान, फेससिल्ड २० थान, साबुन एक कार्टुन हस्तान्तरण गरेको छ ।

आइतबार नै इस्थर बेञ्जामिन स्मृति संस्थाले हेटौंडा अस्पताललाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । यस्तै संस्थाले मकवानपुर जिल्लाको मनहरी र राक्सिराङ गाउँपालिकामा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने संस्थाका प्रमुख लामाले जानकारी दिनुभएको छ ।