हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत तीन जना कोभिड संक्रमितको मृत्यु भएको छ ।
मकवानपुरगढी–३ की ६५ वर्षीय एक महिला, मनहरीको ७७ वर्षीय महिला र थाहा नगरको ७३ वर्षीय एक महिलाको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ । यो सहित कोभिडको दोस्रो लहरमा हेटौंडा अस्पतालमा उपचाररत ६० जनाको मृत्यु भएको छ ।