हेटौंडाः मकवानपुरमा पछिल्लो २४ घण्टामा २०२ जना संक्रमितहरु थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार ६८ जनाको कारोनाको पीसीआर रिपोर्ट र १३४ जनाको ऐन्टिजेन रिपोर्ट पोजेटिभ आएको हो ।

सबैभन्दा धेरै हेटौंडामा ७० जना, थाहा नगर ६२, मकवानपुरगढी २, बागमती १, मनहरी ३९, इन्द्रसरोवर ३, भीमफेदी ३, बकैया १ र राक्सिराङमा २१ ज्नामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार कैलाश गाउँपालिकामा भने संक्रमण शून्य छ ।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २४ सय ६ जना पुगेको छ । जिल्लामा कोरोनाको कारण ८३ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी हेटौंडाको ६५ जना, थाहा ६, मकवानपुरगढी र बागमतीका एक एक जना, मनहरी ४, भीमफेदी ३ र बकैयाँका ३ जनाको मृत्यु भएको छ ।

अहिले जिल्लामा २३४० जना होम आइसोलेसनमा बसेका छन् भने २९ जना गौरिटार आइसोलेसनमा, हेटौंडा अस्पतालमा ५२ जना, सहकारी अस्पतालमा ५ जना संक्रमितको उपचार भइरहेको छ ।