हेटौंडाः मकवानपुर जिल्लामा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले बुधबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार १९ जना महिला र ३३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले बुधबार दिउँसो सार्वजनिक गरेको विवरण ।

सोमबार संकलित १४३ स्वाब नमूना परीक्षण गर्दा ३५ प्रतिशत संक्रमण पुष्टि भएको हो । परीक्षण गरिएका मध्ये ९२ जनामा संक्रमण नभएको पाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ । संक्रमण पुष्टि भएका मध्ये ३ जना बालबालिका, ७५ वर्ष भन्दा बढी उमेर समूहका २ जना ज्येष्ठ नागरिक रहेका छन् ।