हेटौंडाः एन्टिजेन किट अभाव हुँदा हेटौंडा उपमहानगरपालिकामा एन्टिजेन विधिबाट हुने कोभिड–१९ परीक्षण रोकिएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरले एन्टिजेन किट उपलब्ध गराएको सकिएको एक हप्ता भइसकेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । ‘हामीले स्वास्थ्य कार्यालय मकवानपुरले पठाएको १२ सय किट मध्ये ११ सय परीक्षण गर्यौ, एक सय अन्य गाउँपालिकामा पठायौ ।’ उहाँले भन्नुभयो ।
हेटौंडा उपमहानगरपालिका–२ बाटै मात्र एन्टिजेन विधिबाट कोभिड–१९ परीक्षण हुँदै आएको थियो ।