हेटौंडाः हेटौंडा–११ स्थित नलेज भिलेज नेपालले आज हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटेर काम गरिरहेका चिकित्सहरुको लागि भिलेज नेपालले आज अस्पताल परिसरमै पुगेर अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । ८० थान सेनिटाइजर, ५० थान फेस शिल्ड, २ सय जनालाई पुग्ने मेडिसिन र एक सय डब्बा मास्क नलेज भिलेज नेपालका संस्थापक सुदर्शन अधिकारीले उपलब्ध गराउनुभएको हो ।

सहयोग सामग्री ग्रहण गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार समेत रहेका राजेश प्रसाईले कोभिडको समयमा स्वास्थ्य समाग्री सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले अस्पतालमा अहिले दैनिक १ सय चिकित्सकले पिपिई लगाएर तीन सिफ्टमा सेवा दिइरहेको बताउनुभयो । अब ४ दिनलाई पुग्ने पिपिई भएपनि त्यसपछि लाई नभएको भन्दै विभिन्न संघ संस्था तथा सहयोगि मनहरुलाई उहाँले सहयोग गर्न अपिल गर्नुभएको छ ।

अहिले अस्पतालमा दैनिक ३० लिटर सेनिटाइजन खपत भइरहेको छ । अस्पतालले अहिले ५८ जनालाई उपचार सेवा दिइरहेको छ । यस्तै ६ भेन्टिलेटर प्रयोगमा आएको छ भने चिकित्सहरु कोभिडको उपचार गर्न लागिपरेका छन् ।