वडा प्रहरी कार्यालय भवनको शिलान्यास गरिँदै ।

हेटौंडाः वडा प्रहरी कार्यालय हेटौंडाको भवन शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा ४० लाख ७४ हजार रुपैयाँ लागतमा हेटौंडा–४, हुप्रचौरमा भवन निर्माण गर्न सुरु गरिएको हो ।

सोमबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भवनको शिलान्यास गर्नुभएको छ । भवन शिलान्यास कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाको पनि उपस्थिति रहेको थियो । भाडाको घरमा हेटौंडा–५, भैरवरोडमा कार्यालय सञ्चालन गरिरहेको वडा प्रहरी कार्यालयका लागि बागमती प्रदेश प्रहरी कार्यालयको समन्वयमा भवन निर्माण हुन लागेको हो ।

भवन निर्माण सम्बन्धी जानकारी उल्लेख गरिएको योजना बोर्ड ।

व्यारेकसहित कार्यालय भवन निर्माण गर्ने कार्यको ठेक्का सम्झौता हेटौंडा–५ स्थित आरबी अर्बन बिल्डर्स एण्ड सप्लायर्स प्रालिले गरेको छ । २०७८ साल असार २१ गतेसम्ममा भवन निर्माणको कार्य पूरा गर्नुपर्ने सम्झौता गरिएको छ ।