हेटौंडाः हेटौंडा–१५, चिसापानीमा अनुमतिबिना सञ्चालन गर्दै आएको औषधी पसललाई शिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको अनुगमन टोलीले हेटौंडा–१५ चिसापानीको जनप्रिय स्वास्थ्य क्लिनिकमा शिल गरेको हो ।
औषधी पसललाई अनुगमनस्थलमै दश हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन समितका सदस्य तथा उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडाले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट खटिएको अनुगमन टोलीले हेटौंडा–१५ मा सञ्चालन भएका १५ वटा औषधी तथा खाद्यान्न पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा धेरै पसलहरुलाई सुधार गर्न निर्देशन दिएको छ भने केही पसलहरुबाट म्याद गुज्रेको खाद्यान्न सामग्रीहरु जफत गरी नष्ट गरिएको छ ।