हेटौंडा अस्पताल ।

हेटौंडाः हेटौंडा अस्पतालको सामाजिक सेवा इकाईले चालु आर्थिक वर्ष २०७७/७८ को बैशाख महिनासम्ममा ८ सय ११ महिला र ७ सय २ जना पुरुष गरी १ हजार ५ सय १३ जना बिरामीले सेवा प्रदान गरेको छ । सामाजिक सेवा इकाईकी कर्मचारी उस्मिता अधिकारीका अनुसार सामाजिक सेवा इकाईले बिरामीको अवस्थाका आधारमा स्वास्थ्य उपचारमा सहयोग गर्ने गरेको छ ।

सामान्यदेखि जटिल स्वास्थ्य उपचारमा विपन्न, सिमान्तकृत समुदाय, ज्येष्ठ नागरिकका लागि सहयोग गर्दै आएको छ । चालु आर्थिक वर्षमा १ हजार ५ सय १३ बिरामीलाई १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध गराएको अधिकारीले जानकारी दिनुभएको छ । सामाजिक सेवा इकाईका सेवाग्राहीले ३ लाख ९५ हजार रुपैयाँ खर्च गरेका छन् । हेटौंडा अस्पतालमा उपचार गराउन आएका विपन्न, ज्येष्ठ नागरिक, सिमान्तकृत समुदायका सेवाग्राहीलाई सामाजिक सेवा इकाईले सहयोग गर्दै आएको छ ।