हेटौंडाः मकवानपुरमा बुधबार १ सय ३१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । १ सय २ जनाको पिसिआर र २९ जनाको एन्टिजेन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

दिउँसो २ बजेसम्म मकवानपुरको हेटौंडामा ५, थाहामा २१ र मनहरीमा ३ जनामा एन्टिजेन पोजेटिभ देखिएको हो । यस्तै हेटौंडाका ९५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । मकवानपुरगढी ४, बागमती, भीमफेदी र राक्सिराङका एक एक जनामा संक्रमण पुष्टि भएको स्वास्थय कार्यालय मकवानपुरले जानकारी दिएको छ ।