हेटौंडाः कोरोना संक्रमित हेटौंडा–११ का बाबुछोराको मृत्यु भएको छ । बाबुको मृत्यु भएको ११ औं दिनमा छोराको पनि मृत्यु भएको हो । कोरोना संक्रमण भएपछि चितवन जिल्लाको भरपुरस्थित अस्पतालमा उपचाररत ८२ वर्षीय बाबुको बैशाख ११ गते मृत्यु भएको थियो ।
बाबुको मृत्यु भएको ११ औं दिन मंगलबार साँझ ८ बजेको समयमा ४५ वर्षीय छोराको पनि मृत्यु भएको हो । दमको समस्या भएका ८२ वर्षीय बाबुको उपचारको क्रममा मृत्यु भएको हो भने दुबै मिर्गौलामा समस्या भएर उपचार गर्दै आएका ४५ वर्षीय छोराको पनि उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो । ११ दिनको बीचमा बाबुछोराकै मृत्यु भएपछि गाउँमा त्रास र शोकको अवस्था रहेको स्थानीय देवकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।