फाइल तस्वीर ।

हेटौंडाः हेटौंडामा बुधबार १२० स्वाब नमूना संकलन भएको छ । कोरोना परीक्षण गर्न बुधबार बिहान १२० जनाको स्वाबको नमूना संकलन गरिएको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

गोरक्षेश्वर मन्दिर परिसरबाट उनीहरुको स्वाब संकलन भएको हो । हेटौंडा उपमहानगरले दैनिक रुपमा बिहान ६ बजेदेखि ८ बजेसम्म गोरक्षेश्वर मन्दिर परिसरबाट स्वाब नमूना संकलन गर्दै आएको छ । संकलित स्वाब नमूना परीक्षणका लागि हेटौंडा अस्पताल पठाइएको उहाँले बताउनुभयो ।