हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको सदस्यमा हीरालाल तामाङ र उत्सव चौलागाई नियुक्त गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति डोरमणि पौडेलले हीरा र उत्सवलाई ४ वर्षे कार्यकालका लागि बैशाख १४ गतेदेखि अस्पताल विकास समितिको सदस्यमा मनोनित गर्नुभएको हो ।
हीरा तामाङ हेटौंडा अस्पतालको कर्मचारीको तर्फबाट सदस्यमा नियुक्त हुनुभएको हो भने उत्सव चौलागाईलाई स्वास्थ्यकर्मीको रुपमा नियुक्त गरिएको हो । हीरा र उत्सवलाई शुक्रबार अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिमा स्वागत तथा पदस्थापन गरिएको छ । प्रतिष्ठानका राजिष्ट्रार राजेश प्रसाई अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ ।