हेटौंडाः मकवानपुरका व्यवसायी सिद्धिलाल श्रेष्ठ नेपाल चेम्बर अफ कमर्स बागमती प्रदेश समितिको अध्यक्ष चयन हुनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको केन्द्रीय समितिले श्रेष्ठलाई प्रदेश समितिको अध्यक्षको जिम्मेवारी दिएको हो ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले प्रदेशको समितिलाई पूर्णता दिने बताउनुभएको छ । यसअघिको समिति निष्क्रिय भएपछि नेपाल चेम्बर अफ कमर्सले मकवानपुरका व्यवसायी श्रेष्ठलाई प्रदेश समितिको नेतृत्व गर्ने अवसर दिएको हो ।