जिल्लास्तरीय फुटबल प्रतियोगिता स्थगितबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल । फाइल तस्वीर ।

हेटौंडाः जिल्ला समन्वय समिती (जिसस) मकवानपुरकको आयोजनामा हेटौंडामा यही ९ गतेबाट जिल्ला स्तरीय प्रथम अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिती मकवानपुरको व्यवस्थापनमा फरेष्ट्रि क्याम्पसको खेल मैदानमा हुने प्रतियोगितामा मकवानपुर जिल्लाका १० वटै स्थानिय तहको १० वटा फुटबल टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको सम्पुर्ण तयारी भइसकेको र सरकारले कोरोनाबाट बच्न विना दर्शक खेल खेलाउन सकिने जानकारी गराएको कारण खेल फरेष्ट्रिमा गराउन लागिएको जिसस प्रमुख रघुनाथ खुलालले बताउनुभएको छ । केही अगाडी नै प्रतियोगिता गर्ने योजना रहेपनि पछिल्लो समय हेटौंडामा नियमित रुपमा भएको खेलकुदका कार्यक्रमले गर्दा प्रतियोगिता ९ गतेबाट हुन लागेको उहाँले बताउनुभयो ।

प्रतियोगिताको उद्धाटन खेलमा इन्द्रसरोबर गाउँपालिका र बागमती गाउँपालिका बिच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको उपाधी विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।