सांकेतिक चित्रः गुगल ।

हेटौडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ स्थित सामरी खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

मकवानपुरगढी–३ को ११ वर्षिय कृष्ण पौडेलले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । सोमबार साँझ मकवानपुरगढी– ३ र ५ जोड्ने निर्माणधिन पुल नजिकै रहेको खोलामा पौडी खेल्ने क्रममा डुबेर पौडेलको मृत्यु भएको हो ।