हेटौंडाः मकवानपुरमा सोमबार २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आइतबार ७ जनामा कोरोना पुष्टि भएको थियो । सोमबार ३९ जनाको पिसिआर र २ जनाको ऐन्टिजेन परीक्षण गर्दा २१ जनामा कोरोना पुष्टि भएको हो ।
जिल्लामा संस्थागत आइसोलेसनको व्यवस्थापन नहुँदा सङ्क्रमितहरु भने होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । मकवानपुरमा कोरोना पुष्टि भएकाहरु सबै जना होम आइसोलेसनमा बसेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
यस्तै सोमबार प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेको अध्यक्षतामा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्दको बैठक बसेको छ । बैठकले ७ दिनभित्र हेटौंडा अस्पताल आसपासमा आइसोलेसन वार्ड सञ्चालन गर्न स्थान खोजि गर्न टास्क फोर्स गठन गरेको छ । जिल्लामा होटेल तथा रेष्टुरेन्टहरु राती ९ बजेपछि बन्द गर्ने निर्णय बैठकले गरेको छ ।