हेटौंडाः मकवानपुर प्रहरीले २३ किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार हेटौंडा–११ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डबाट ना १ ह ९०९९ नम्बरको अटोमा लुकाएर ल्याएको गाँजा प्रहरीले बरामद गरेको हो ।

प्रहरीले अटो चालक हेटौंडाका ४० वर्षीय चतुरमान मोक्तान, अटोमा सवार राक्सिराङ गाउँपालिका १ का ४७ वर्षीय निर्मला तामाङ र ४७ वर्षकी मायाँ तामाङलाई पक्राउ गरेको हो । उनीहरुलाई आज जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।