सांकेतिक तस्विर ।

हेटौंडाः नयाँ वर्षको पहिलो दिन हिजो एक नाबालीकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय एक युवकलाई पक्राउ गरेको छ ।

गएराति मकवानपुरको हेटौंडा–६ पुतलीबजार नजिकैको खहरे खोलाको बगरमा नाबालिकालाई सामूहिक करणी भएको सुचना प्रहरीलाई आएको थियो । सुचना पाएलगत्तै प्रहरी उपरीक्षक समेतको टोली खटिई घटनाको प्रारम्भिक अनुसन्धान गर्दा सामुहिक करणी नभई नाबालीकाको केटासाथीले जबरजस्ती करणी गरेको प्रहरीले जनाकारी दिएको छ ।

पर्सा बिरगंज महानगरपालिका वडा नम्बर २३ घर भई हाल हेटौंडा–६ मा डेरा गरी बस्दै आएका २१ वर्षीय बिशाल पासवानलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।