हेटौंडाः बागमती प्रदेशको एमालेको बैठकले संसदीय दलको विधान परिवर्तन गर्न केशवराज पाण्डेको संयोजकत्वमा ३ सदस्य कमिटि गठन गरेको छ । समितिको सदस्यमा नारायण शिलवाल र उर्मिला कर्मचार्य छन् ।
बुधबार ललिपुरको च्यासलमा बसेको दलको बैठकमा चैत्र २७ गते प्रदेश सभा बैठक बस्न सहमति बनेको एमाले संसदीय दलका सचेतक केशवराज पाण्डेले बताउनुभयो । प्रदेश सभा सभामुख सानुकुमार श्रेष्ठसँग छलफल गरेर सदन नियमित सुचारु गरिने उहाँले जाकानरी दिनुभयो ।
बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकमा एमाले नेतृ अष्टलक्ष्मी शाक्य लगायत प्रदेश सांसदहरुको उपस्थिति थियो ।